सांकेतिक तस्बिर

फागुन २ – नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने जनाएको छ। यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ।

यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको संख्या ४७२ जना रहेको छ। यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ।

यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन्। देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ। रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।