फागुन २ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत अन्तिम चरणको खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो । खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । विदेशी खेलाडी स्टेफन समिरले बराबरी गोल गरेका थिए । यसगरी त्रिदेव गुरुङले गरेको निर्णायक गोलसंगै शेर्पा क्लबले जितबाट यस सिजनको अन्त्य गरेको हो ।

जितसंगै शेर्पा क्लब १३ खेलमा १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।