हेटौँडा,१, फागुन ।
पछिल्लो समय बागमती प्रदेशको राजधानी हेटौँडामा नेपालको राजधानी काठमाण्डौँ सम्झाउने गरि जाम हुने गरेको छ । साँघुरो सडक अनि सडकमै बसपार्क, टेम्पो स्टेसन र सडक पेटीमा ब्यापार हुने हेटौँडाका नागरिकहरुको आजकल जामको कारण धेरै समय सडकमै बास हुने गरेको छ ।
हेटौँडा उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालय तथा प्रदेश सरकारले जाम हटाउँदै हेटौँडाको यातायातलाई सूचारु गर्नेगरि अहिलेसम्म कुनै किसिमको गम्भिर कदम नचाल्दा आम सर्वसाधरण मारमा परेका छन् ।

प्रदेशको राजधानी भएपछि यहाको ट्राफिक ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने हेटौँडा उपमहानगरपालिकाको योजना र प्रदेश सरकारको घोषँण “गफ”मै सिमित बन्दा यहाको वातावरण कोलाहाल बन्ने गरेको छ ।
हेटौँडा उपमहानगरपालिकामा दिनानुदिन बढने गरेको सबारी चापलाई ब्यवस्थापन गर्न नसक्दा जनताहरुले सकस पाउने श्रृंखला दिनानुदिन बढेको हो । उपमहानगरपालिकाले हेटौँडाको केहि सडकहरुलाई एकतर्फी बनाएपनि सडकमै रहेको बसपार्क तथा टेम्पो स्टेसनलाई ब्यवस्थापन गर्न नसक्दा एकातर्फीको उक्त ब्यवस्थाले जाम घटाउनको लागि कुनैपनि योगदान दिएजस्तो देखिदैन् ।

मकवानपुरको मिडियाहरुले जाम तथा अस्तब्यस्थ ट्राफिक ब्यवस्थाको विषयमा पटक पटक समाचारको सामग्री प्रकाशन र प्रशारण गर्दा समेत जिम्मेवार निकायहरु मौन रहनुले उनीहरु जनताको दुखप्रति कति गैरजिम्मेवार ढंगले प्रस्तुत हुन्छन भन्ने कुराको प्रमाण समेत मिलेको छ ।
हेटौँडाको मुख्य सडक फराकिलो बनाउने प्रक्रियालाई प्रदेश सरकारले आलटाल गरिरहदा यहा दिनानुदिन बढने गरेको सबारी चापले प्रदेश सरकारलाईनै भविष्यमा निकै टाउको दुखाउने निश्चित रहेको आम नागरिककै बुझाई छ । हेटौँडाको बुद्धचौकमा दैनिक १५ देखि २० मिनेट जाम हुने गरेको भन्दै हेटौँडा ४ का रमेश गौतमले प्रदेशको राजधानी रहेको हेटौँडाको विषयमा प्रदेश सरकार गम्भिर नदेखिएको बताए । खबरब्रेकलाई प्रतिक्रिया दिँदै गौतमले यस्तै पाराले हेटौँडामा काठमाण्डौँमा भन्द भयावह अवस्थाको सृजना हुने तर्फ सरकार सचेत हुनुपर्ने धारणा राखे ।

काठमाण्डौँमा बैकल्पिक सडकहरु धेरै भएकोले एउटा सडक जाम हुँदा बैकल्पिक सडक प्रयोग गर्न सकिने भएपनि हेटौँडामा त्यस्ता फराकिलो बैकल्पिक सडकहरु छैन, जस्को कारण उहि सडक भएरनै गन्तब्यमा पुग्नको लागि सर्वसाधरणलाई समस्या हुने गरेको हो ।
बैकल्पिक सडकको रुपमा रहेको कान्तिराजपथ, संगमचोक क्षेत्रको मार्ग , भैरबरोड तर्फ तथा पारिजातपथमा पनि अहिले दिनहुँ जाम हुने गरेको छ । पार्किङलाई ब्यवस्थापन नगर्दा ति सडकको छेउमा सयौँ सबारीहरु रोकिने र त्यसै कारण पनि जाम बढने गरेको स्थानीय ब्यवसायीहरुको भनाई छ । संगमचोका ब्यवसाय गर्ने अमित श्रेष्ठ भन्छन ः आजकल जामको कारणले ब्यवसाय गर्न समेत समस्या उत्पन्न भएको छ । यसरी सडक जाम हुँदा ब्यवसायमा समेत गम्भिर असर परेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।