फागुन १ – महोत्तरीको हाटबजारमा सिक्का (पैसा) चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, सहरका हाटबजार र पसलमा सिक्का लिन छाडिएको उपभोक्ताको गुनासो छ ।

अहिले पसल तथा हाटबजारमा विभिन्न सामग्री बेच्न बसेका व्यवसायीले एक, दुई र पाँच रुपैयाँका सिक्का लिन छाडेका छन् । जलेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा चले, नचलेको थाहा नभएको तर बैंकले सर्वसाधारणको सिक्का लिने गरेको बताए । उनले आम जनताले सिक्का एक(दुई सय र पाँच सयको पोका बनाएर दिए मात्रै लिने गरेको पनि बताए ।

पसलमा सिक्का नचल्दा बालबालिकाहरु पनि अभिभावकसँग लिन मान्दैनन् । साथै माग्न बस्नेहरुले पनि सिक्का दिँदा नलिने गरेको सर्वसाधारण बताउँछन् । सिक्का नचल्दा हुने गरेको हैरानीले जिल्लाका आमउपभोक्ताले यसको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । (रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।