हेटौंडा,१ फागुन,मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ कुर्लेदमार, बाँसपानिको सामरी खोलाको किनारमा सोमबार देखि भईरहेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा बिहिबारसम्म ६ लाख संकलन भएको छ ।

अध्यात्म कल्याणकारी समाज नेपाल उप समितिको आयोजनामा भएको महायज्ञ अरुन्धति सहित सप्तऋषि, राधाकृष्ण मन्दिरको निर्माण र हाट बजारको संरचाना निर्माण गरी स्थानिय स्तरको धार्मिक क्षेत्र र स्थानिय व्यापार व्यावसायको प्रर्वर्धन गर्ने मुख्य उदेश्य रहेको छ ।

महायज्ञमा चर्चित युवा पण्डित सुदर्शन चालिसेले संगीतमय भागवत तथा कथा वाचन गरिरहेका छन् । माग २७ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने सप्ताहमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट झाँकि पनि प्रद्रशन भईरहेको छ । पवित्र उदेश्यका साथ आयोजना गरिएको सप्ताह महायज्ञमा आई यथासकेको तनमन धनले सहयोग गरिदिनको लागि कार्यक्रम संयोजक गोपाल गौतमले मकवानपुरगढी गाउँपालिका तथा छिमेकीहेटौंडा उपमहानगरपालिकामा रहेका विभिन्न संघ संस्थाहरु लाई अनुरोध गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।