सांकेतिक तस्बिर

फागुन १ – अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन बिहीबार तोलामा ३ सयले बढेर ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले बढ्दै ७५ हजार ७ सय पुगेको महासंघले जनाएको छ ।

यस्तै महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढ्दै ८ सय ८० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।