माघ २९ – उत्तरी छिमेक चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएर २२ प्रान्त र २४ देशमा फैलिइसकेको कोरोना भाइरसको संक्रमणमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालमा १८ जनाको परीक्षण हुँदा एक जनामा मात्रै संक्रमण देखिएको र ती संक्रमित पनि स्वस्थ्य भइसकेको उल्लेख गरेको छ । मन्त्रालयले चीनबाट ल्याउन लागिएको १८५ जनाबारे समेत प्रष्ट्याएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका विद्यार्थीहरुमा कुनै संक्रमण नदेखिएको र उनीहरुलाई नेपालमा ल्याएर पनि क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरुको स्वास्थ्य परीक्षण हुने र संक्रमण देखिए अस्पताल लगिने मन्त्रालयले जनाएको छ ।

बाँकीलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिने भएको छ । प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गरी कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा एक मिटर दूरीबाट सर्ने भएकाले त्रसित नहुन आग्रह गरिएको छ । -हिमालखबरबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।