माघ २८ – बलिउड नायिका दिशा पाटनी र आदित्य रोय कपूरको फिल्म ुमलंगु अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । यस फिल्मले शुरुवातदेखिनै धमाकेदार कमाई गरिरहेको छ । फिल्मले पहिलो दिनमा नै ६ करोड ७१ लाख कमाई गर्न सफल भएको थियो ।

हालसम्म यस फिल्मले २९ करोड भन्दा बढी कमाएको छ । रिलिज भएको दोस्रो दिन शनिबार यस फिल्मले ८ करोड ८९ लाख, आइतबार ९ करोड ७६ लाख र सोमबार ४ करोड ४ लाख कमाई गरेको छ ।

सोमबारसम्म यस फिल्मले २९ करोड ४० लाख कमाई गर्न सफल भएको छ । मोहित सुरीको निर्देशनमा बनेको यस फिल्ममा दिशा पाटनी, आदित्य रोय कपूर र अनिल कपूरको मूख्य भुमिका रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।