news

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्याबारे प्रहरीले गहन अध्ययन थालेको छ । ललितपुर प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको हो ।

पूर्वसचिव कार्की यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहंदा भूकम्पपीडितका लागि सामान खरिद काण्डमा संलग्न रहेको आरोपमा छानबिनमा परेका थिए । उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सानेपामै आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो ।

कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको र अर्की कामदार किशोरी पनि घरबाहिर रहेको समयमा यो घटना भएको बताइएको छ । सानेपास्थित आफनै घरको बेडमा हात बाँधिएको अवस्थामा फेला परेकी कार्कीलाई अस्पताल लग्ने क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कार्कीको घरमा काम गर्न बसेका कामदारको भने झुण्डिएको अवस्थामा शव फेला परेको हो । छिमेकीले खवर गरेपछि घटनास्थल पुगेको प्रहरीले अचेत अवस्थामा रहेकी कार्कीलाई तत्काल उपचारका लागि स्टार अस्पताल बल्खु लगेको थियो । कार्कीको घरका कामदार दाङ घर भएका विजय चौधरीको शव सोही घरको भरयांगको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।