काठमाडौँ – सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनालाई घरमै काम गर्न बस्ने युवकले पछाडिबाट हिर्काएर अचेत बनाएको भेटिएको छ।

कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले श्रीमती मुनालाई आक्रमण गरेको देखिएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

महाशाखले स्रोतले देश सञ्चारसँग भन्यो, ‘फुटेजमा चौधरीले पछाडिबाट आक्रमण गरी लडाएको देखिएको छ। लगाएपछि उसले घाँटी थिचेको पाइयो।’ अचेत अवस्थामा फेला परेकी मुनालाई उपचारका क्रममा स्टार अस्पतालमा पु¥याइए पनि तत्कालन मृत घोषणा गरिएको थियो।

मुनालाई गम्भीर आक्रमण गरेपछि दाङका २२ वर्षे चौधरीको झुण्डिएर आत्महत्या गरेको प्रहरीको दाबी छ। उनी अर्को कोठामा झुण्डिएपछि डोरी चुडिएर भुईमा लडेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ।

dessanchar.com


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।