हेटौँडा,२६, माघ । मानिसहरुलाई यौन उन्मादले कतिसम्म अन्धो बनाउछ भन्ने प्रमाण एकजोडी दम्पतीले पेश गरेका छन् । आफ्ना सन्तानको लागि ज्यानसम्म दिने बाबुआमाको काहानी धेरै सुनेका हामीलाई आफ्नो यौन भोक मेटन आफ्नै सन्तानलाई गाडने दम्पतीको बारेमा भने सायदै सुनेका थिएनौ होला ।

तर संसारमा यस्तो घटना पनि सार्वजनिक भएको छ जुन घटना सुन्दा हामी छक्क पर्छौ । यो घटना दक्षिण अमेरिकी देश अर्जेन्टीनाको हो । जहाँ समुद्री तटमा रोमान्स गर्नका लागि ति दम्पतीले आफ्नो २ वर्षे बच्चालाई बालुवामा खाल्डो खनेर घाँटीसम्म पुरेर राखे तर उनीहरुको यो हर्कतबारे प्रहरीले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तटमा बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएपछि प्रहरीले घटनास्थलबाट ४५ मिटनेदेखि तातो बालुवामा घाँटीसम्म गाडीएको बच्चालाई उद्धार गरेको छ भने ति आमाबाबुलाई पक्राउ गरेको छ । अर्जेन्टीनाका बाबु र चेक रिपब्लीककी ति आमाले यौन प्यास मेटन नसालु पदार्थ सेवन गरि आफ्नै बच्चालाई बालुवामा गाडेर यौन क्रियाकलाप गरिरहेको थिए ।

एजेन्सीको सहयोगमा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।