हेटौँडा,११, माघ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट सालको काठ सहित दुई जनालाई पक्राउ गरिएको छ । विशेष सुचनाको आधारमा प्रहरीले हेटौँडा वडा नंबर १६ बाट सालको काठ सहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडा १६ को लक्ष्मीपुरबाट ना ५ च २८९५ नम्बरको गाडी जिपलाई रोकी चेकजाँच गर्दा सालको काठ ५६ क्यूफिट, गाडी र चालक जिल्ला मकवानपुर हेटौँडा १८ बस्ने वर्ष २४ को युवाराज साह र सो स्थानका ३१ को बलराम पण्डित समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि लागि डिभिजन वन कार्यालय हेटौडा पठाएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।