हेटौँडा,११, माघ ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिले गत मंसिर २० गते गरेको शुल्कबृद्धिको निर्णलाई स्थगन गरेपछि आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी युनियनले रिले अनशनको कार्यक्रमलाई स्थगित गरेका छन् ।

आज तीन संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै क्याम्पसको निर्णयको स्वागत गर्दै क्याम्पसले शुल्क बृद्धि गरेपछि अनेरास्ववियु तथा स्तन्त्र विद्यार्थी युनियनका नेताहरुले गएको १९ दिनबाट रिले अनशनअनशन स्थगित भएको बताएका हुन् ।

आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलले अनशनमा रहेका विद्यार्थी नेतालाई जुस खुवाएर अनसन तोडेका थिए ।
१९ दिनबाट अनशनमा रहेका विद्यार्थीहरुसँग पटक पटक वार्ता गरेपछि विद्यार्थीहरु शुल्क खारेजिको मागबाट एक कदम पछि पछि नहटेपछि क्याम्पस प्रशासन तथा ब्यवस्थापन समितिले पुस २० गते गरेको निर्णयलाई स्थगन गरेको हो ।
निर्णय स्थगन पछि प्र्रतिक्रिया दिदै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरका सभापति कुमार केसीले विद्यार्थीको अधिकारको लागि स्ववियु सधै तत्पर हुने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।