हेटौँडा,११, माघ ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिले गत मंसिर २० गते गरेको शुल्कबृद्धिको निर्णलाई स्थगन गरेको छ ।  क्याम्पसले शुल्क बृद्धि गरेपछि अनेरास्ववियु तथा स्तन्त्र विद्यार्थी युनियनका नेताहरुले गएको १९ दिनबाट रिले अनशन गरेका थिए । उनीहरुले शुल्क बृद्धि खारेजिको एक सुत्रीय माग राख्दै अनशनलाई जारी राखेपछि आज क्याम्पस ब्यवस्थापन समिति तथा क्याम्स प्रशासनले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुको माग बमोजिम आफुहरुले उक्त निर्णय स्थगन गरेको जनाएको छ ।

क्याम्पसले उक्त निर्णय गरेपछि आन्दोलनरत स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगन भएको जनाएको छ । आन्दोलनलाई सहयोग गर्ने सबै विद्यार्थी संगठन तथा सबै विद्यार्थीहरुलाई विज्ञप्ति मार्फत धन्यवाद दिईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।