११ माघ,तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन् । तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।