हेटौँडा,११ माघ । बागमती प्रदेशक मुख्यमन्त्री डोरमणी पौडेलले चाँडै विस्तार गर्न लागेको मन्त्रीपरिषदमा नुवाकोटबाट विजयी भएका प्रदेशसभा सांसद केशबराज पाण्डेलाई समावेश गर्ने भएका छन् । उनलाई वागमती प्रदेशको भौतिक पुर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको श्रोतको दाबी छ । यस अघि उत्त मन्त्रालय केशव स्थापितको जिम्मामा रहेको थियो ।

प्रदेशसभा सांसद तथा नेकपा मुख्य सचेतक रहेका रामेश्वर फुँयाल र पाण्डेको नामको बिचमा चर्चा भएपनि पाण्डेलाई मन्त्रालयको जिम्मा दिनको लागि मुख्यमन्त्री तयार भएको श्रोतको भनाई छ । मुख्यमन्त्री पौडेलले मन्त्रीपरिषद विस्तारको लागि केहि दिन अघि प्रधानमन्त्री केपीशर्मा ओली, अध्यक्ष प्रचण्ड लगाएतका उच्च तहका नेताहरुसँग परामर्ष गरिसकेका छन् ।

मुख्यमन्त्री पौडेलले कम्तिमा ११ सदस्य मन्त्रीमण्डल बनाउने संभावना छ । त्यसमा मकवानपुरबाट कुमारी मोक्तान, काठमाण्डौँ उपत्यकाबाट दिपक निरौला तथा नुवाकोटबाट पाण्डेको संभावना सबैभन्दा धेरै रहेको श्रोतको दाबी छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।