एजेन्सी,टेलिभिजन सिरियल ‘दिल तो हैप्पी है जी’ की नायिका सेजल शर्माले आत्महत्या गरेकी छन् । सेजलले शुक्रबार आत्महत्या गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । सेजलले आत्महत्या गर्नुको कारण प्रस्ट भइसकेको छैन । तर निजी जीवनमा आइपरेका समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ । आफ्ना बाबुको स्वास्थ्य बिग्रँदै गएपछि सेजल मानसिक तनावमा रहेको उनी निकटहरूले बताएका छन् । राजस्थानको उदयपुरमा सेजलको अन्तिम संस्कार गरिने समाचारमा बताइएको छ ।

सेजलले आफ्नो पहिलो टिभी सिरियल ‘दिल तो हैप्पी है जी’ मा सिम्मी खोसलाको भूमिका निभाएकी थिइन् । टेलिभिजन पर्दामा देखिनुपूर्व उनले विभिन्न विज्ञापन र वेब सिरिजमा समेत देखिएकी थिइन् । राजस्थानको उदयपुरमा बस्दै आएकी सेजले आमिर खानसँग Vivo फोनको एक विज्ञापनमा समेत काम गरेकी थिइन् ।

यसअघि डिसेम्बर २६ मा टेलिभिजन निर्माता तथा अभिनेता कुशल पञ्जावीले आत्महत्या गरेका थिए । ४२ वर्षीय पञ्जावीले डिप्रेशनका कारण झुण्डिएर आत्महत्या गरेका थिए । दुई महिनाको अवधिमा नै भारतीय टेलिभिजन इन्डष्ट्रीले २ जना होनहार कलाकार गुमाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।