हेटौँडा,१०, माघ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यो वर्ष सातजनालाई सम्मान तथा पुरस्कृत गर्ने भइको छ । विरागको ८६ औँ जन्मजयन्तीको अवसरमा माघ १५ गते पुरस्कार वितरण गर्ने न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजक गरि जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष उज्वलशर्मा भण्डारीले यो वर्ष विजुलीमाया वन राष्ट्रिय पुरस्कार यो वर्ष केहि पछि हुने बताए । यो वर्ष बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति बरिष्ट संगितकार शुभबहादुर सुनामलाई दिने बताए । प्रदेश स्तरीय यो पुरस्कारको राशी गत वर्ष २५ हजार थियो । त्यसैगरी तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार शान्ति प्रियवन्दना,लाई दिईने भएको छ । यो पुरस्कारको राशी १० हजार रहेको छ ।

त्यसैगरी भीम मथुरा बाल प्रतिभा पुरस्कार आगमन कोईरालाई दिईने भएको छ । यो पुरस्कारको राशी ७ हजार ५ सय दिईने छ । यो वर्षको शिला नारी प्रतिभा पुरस्कार छमछमि विजेता सन्धा आचार्यलाई नगद १५ हजार राशी सहित दिईने भएको छ भने चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार ११ हजार १ सय ११ नगद सहित छवि अनित्यलाई दिईने भएको छ ।

त्यसैगरी मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई नगद १० हजार सहित पुरस्कृत हँदा अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छा लाई १० हजार १ सहित सम्मान गरिने भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।