photo : google

तिब्र गतिमा रहेको मोटरसाईकल सडक किनाराको खम्बामा ठोक्कीदा एकजनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका–२, महांकालचोकमा बुधवार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

तीब्र गतिमा आइरहेको बा ८६ प ४८७१ नम्वरको मोटरसाईकल सडक किनारको खम्बामा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली घर भई दुवाकोटमा बस्दै आएका गणेश बयलकोटीको मृत्यु भएको हो। भक्तपुरकै एक इँटा भट्टामा जेसिवीमा हेल्पर काम गर्दै आएका २० वर्षिय बयलकोटीलाई दुर्घटनापछि उपचारका लागि दुवाकोटस्थित केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी प्रभाव दुवकोटका प्रमुख रमेश राईले जानकारी दिए। घटनाको थप अनुसन्धान भई रहेको उनले बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।