रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको खेलमा तेस्रो डिभिजन क्लब उनिओनिस्तासलाई ३–१ ले पराजित गरेर ला लिगा क्लबले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित निकाल्ने क्रममा ग्यारेथ बेलले क्लबका लागि सेप्टेम्बर यता पहिलो गोल गरे । बेलले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ५७ औँ मिनेटमा रोमेरोले उनिओनिस्तासका लागि बराबरी गोल फर्काए ।

तर ६२ औँ मिनेटमा गोन्गोराले आत्मघाती गोल गरेपछि रियल मड्रिडले फेरि अग्रता लियो । यस्तै डिएजले रियल मड्रिडका लागि इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे र जित दिलाए ।

बुधबार राति नै भएका खेलमा जित निकाल्दै एथ्लेटिको बिल्बाओ, ग्रानाडा, भिल्लारियल, रियल सोसिडाड, तेनेरिफे र भ्यालेन्सियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।