टोटनहमले अर्को खेलमा नर्विचलाई २–१ ले हरायो र यस जितले उसको शीर्ष चारमा उक्लने सम्भावना जीवन्त राख्यो । म्यानचेस्टर भने लिगका पछिल्ला चार खेलमा पराजित रहेको यो तेस्रो पल्ट हो ।

बर्नलीले भने सन १९६२ यता म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा पहिलो पल्ट हरायो । यससँगै म्यानचेस्टरले सन् १९८९–९० यता पहिलो पल्ट लिगमा सर्वाधिक खराब सुरुवात पनि लिएको छ ।

म्यानचेस्टर चौथोमा रहेको चेल्सीसँग ६ अंकको दूरीमा रह्यो । बर्नलीको जितमा क्रिस उड र जय रोड्रिग्वेजले गोल गरे । टोटनहमको जितमा भने सन ह्वेङ–मिनले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।

यस्तै आयोज पेरेजको दुई गोल मद्दतले तेस्रो स्थानमा रहेको लेस्टर सिटीले वेस्ट ह्यामलाई सजिलै ४–१ ले हरायो र लगातार दुई खेलको जितहीन यात्रामा पूर्णविराम लगायो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।