हेटौँडा,८माघ, मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटना भएको छ । गएराती हेटौँडा ११ स्थित महेन्द्र राजमार्गको नवलपुर खण्डमा ना ४३ प ३९१४ नंबरको मोटरसाईकल र ना ५ च १७७७ नंबरको भ्यान एक आपस मा ठोक्कीदा मोटरसाईकलमा सबार हेटौंडा १९ बस्ने २१ बर्षीय सुनिल स्यान्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विपरित दिशाबाट आएको भ्यान र मोटरसाइकल एक आपसमा ठोक्कीदा मोटरसाईकद चालकको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता तथा प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए । मोटरसाईकलमा सबार अर्का ब्यक्ति मनहरी ९ का साजन भ्लोनको भने हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।