unn.prixa.net

काठमाण्डाै – क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ ।

क्यानले अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बढाउने गृहकार्य थालेको हो ।गएको महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो ।

खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने विषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्ने क्यानले जनाएको छ  ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।