माघ ८ – साउथ इण्डियन सुपरस्टार रजनीकान्त अभिनित फिल्म ‘दरबार’ ले हालसम्म २ सय करोड भारुको आँकडा पार गरेको छ ।

यस फिल्मले रिलिजको दिनदेखी नै निकै राम्रो कमाइ गरेको थियो । ए आर मुर्गादोस निर्देशन गरेको यो फिल्मले तमिलनाडुबाट मात्रै ८० करोड भारु कमाइ गरेको बताइएको छ । त्यस्तै यस फिल्मले विदेशबाट मात्रै ७० करोड कमाएको बताइएको छ । २ सय करोड भारू पार गर्ने फिल्ममध्ये ‘दरबार रजनीकान्तको पाचौं फिल्म बनेको छ ।

प्रहरीको भूमिकामा देखिएका रजनीकान्तको फिल्ममा धमाकेदार एक्सन देख्न सकिन्छ । फिल्ममा रजनीकांत, नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको अभिनय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।