news

धादिङ । नीलकण्ठ नगरपालिका ८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन गरेर फर्किदैं गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनापछि तीनको घटनास्थलमै र चार जनाको जिल्ला अस्पतालमा ल्याउँदैं गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

सबै मानिस हल्ला गरेर कराइरहेको बेला अत्यधिक गतिमा कुदिरहेको उक्त गाडी पिच सडकमा पल्टेको  सोही गाडीमा सवार कमल गुरुङले बताए ।

मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँबासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए ।

रक्सीको सुरमा गाडी चलाएर दुर्घटना भएको घाइतेहरुले ताएका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।