माघ ८ – शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा रंजित धिमालले खेलको ५३औ मिनेटमा गोल गरेका थिए । धिमाल खेलको म्यान अफ द म्याच समेत बनेका छन् ।

जितपछि लिगमा मछिन्द्रको ८ खेलमा १६ अंक भएको छ भने लिगमा दोस्रो स्थानमै रहेको छ । त्यस्तै पुलिस क्लब ८ खेलमा ११ अंकसहित छैठौ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।