हेटौँडा,८, माघ ।
तामाङ समुदायको महत्वर्पूर्ण पर्वको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको अबसरमा यो वर्ष हेटौँडाको पदमपोखरीमा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।
आउँदो माघ १५ गते पदमपोखरी चोकमा हुने कार्यक्रममा देशका चर्चित गायक तथा गायीकाहरुको प्रस्तुती रहने न्युज क्लब नेपालमा आज आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।


ल्होछार कार्यक्रम मुल आयोजक समितिका संयोजक पेम्वा लामाले यो वर्षको कार्यक्रममा देशकै चर्चित गायीका कुन्ती मोक्तानको साथमा गायक दिपक बज्राचार्य र उनको ब्याण्ड समेत सहभगिता हुनेछ ।
कार्यक्रममा प्रेम लोप्चन, टिका भोम्जन, किर्तिमान लामा, विशाल थिङ लगाएतकाको पनि प्रस्तुती रहने लामाले बताए। कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ भने तामाङ सस्कृतिमा आधारित प्रस्तुतीहरु पनि रहने छ ।

करिब १५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको कार्यक्रमले पदमपोखरीको चिनारीमा समेत सहयोग गर्ने उनले बताए । कार्यक्रमको लागि ३० सदस्यीय मुल आयोजक समिति समेत निर्माण गरिएको उनको भनाई रहेको छ । कार्यक्रले पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने कार्य हुने उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।