इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी र आर्सनलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

पहिलो हाफको मध्यतिर १० खेलाडीमा सीमित भएको आर्सनलले घरेलु टोली चेल्सीलाई २–२ को बराबरीमा रोकेको हो । २६ औँ मिनेटमा डेविड लुइज सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो ।

त्यसको दुई मिनेटपछि पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । गाब्रिएल मार्तिनेलीले ६३ औँ मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

तर ८४ औँ मिनेटमा सेसार अज्पिलिक्वेताले गोल गर्दै पुनः चेल्सीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि हेक्टर बेलेरिनले आर्सनलका लागि बराबरी गोल फर्काए । बराबरीपछि चौथो स्थानको चेल्सीको २४ खेलबाट ४० अंक भएको छ । १० औँ स्थानमा रहेको आर्सनलको ३० अंक छ ।

लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा एस्टन भिल्लाले वाट्फोर्डलाई २–१, बोर्नमाउथले ब्राइटनलाई ३–१ तथा साउथह्याम्प्टनले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेका छन् । यस्तै एभर्टन र न्यूक्यासलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।