माघ ८ : प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०मा पदोन्नति भएकी डा।आशा सिंहलाई प्रहरी नायब महानिरीक्षक ९आइजिपी० सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उनलाई सोमबार मन्त्रिपरिषदले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उनी नेपाल प्रहरीको एआईजी हुने दोस्रो महिला हुन्। यस अघि डा। दुर्गा थापा एआईजी भएकी थिइन्।

बुधबार आईजिपी खनालले दर्ज्यानी चिह्न लगाउँदै बधाई दिए। उनले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए।

सो अवसरमा आईजीपी खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

समारोहमा बोल्दै एआईजी डा।सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तल्लिन रहने बताइन्। उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न प्रयत्न गर्ने बताइन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।