हेटौँडा,८, माघ ।
निलहिरा समाज तथा फ्रेन्स हेटौँडाले  तेश्रोलिङ्गी अजिता भुजेलको हत्यारालाई चाँडो पत्ता लगाउन माग गरेको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि निलहिरा समाज मकवानपुरकी कार्यक्रम संयोजक किरण थापा सुरजले आफुहरुको सहकर्मी अजिताको बलात्कारपछि निर्मम हत्या भएको भन्दै प्रहरीले हत्यारालाई चाँडोभन्दा चाँडो खोज्न अनुरोध गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले अजिताको हत्याले सम्पूर्ण तेश्रोलिङ्गी तथा समलिंङ्गी समुदाय त्रासमा परेको भन्दै हत्यारा जो कोहि भएपनि उसलाई कडा कारबाहीको माग गरेकि हुन् ।
मकवानपुरबाट पहिलो पटक तेश्रोलिङ्गी नागरिकको रुपमा नागरिकता प्राप्त गरेकि उनको बार हत्या भएको थियो । हत्या भएपछि भएको पोष्टमार्टमको कागजी रिर्पोट नआएपनि उनको बलात्कारपछि निर्मम हत्या भएको भन्नेकुरा जानकारी आएको उनले बताईन् ।

तेश्रोलिङ्गी अजिता हत्याको विषयमा पत्रकार सम्मेलन

Posted by Khabar Break on Tuesday, January 21, 2020


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।