नेकपा विप्लव समूहले राजधानीलाई निशाना बनाउन सुरु गरेपछि सरकारले सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको छ। ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौँ ठूलो भर्याङमा रहेको घरमा बम विस्फोट भएपछि विप्लवको सक्रियता बढेको निष्कर्ष प्रहरीले निकालेको खबर आजको समाचारपत्र दैनिकमा दीपक रिजालले लेखेका छन्।

सुरक्षा निकायले अहिले सिंहदरबारको सुरक्षा व्यवस्था अझै मझबुत बनाएको छ। सिंहदरबार वरिपरी २४ सै घन्टा प्रहरी तैनाथ गरिएको छ भने विभिन्न गण तथा गुल्मबाट थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

बिस्फोटपछि ठाउँ ठाउँमा छापा मारेर १ सय भन्दा बढी संकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। रातहतियार तथा विस्फोटक पदार्थसहित राजधानी छिरेका विप्लवका कार्यकर्ताले आफ्नो उपस्थिति देखाउन राजधानीका संवेदनशील क्षेत्रमा अवाञ्छित गतिविधि गर्न सक्ने सूचना आएपछि अहिले राजधानीका केही ठाउँलाई संवेदनशील क्षेत्र मान्दै सुरक्षा सतर्कता बढाइएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।