एजेन्सी,ब्राजिलियन युवा स्टार रिनियर जिसस स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् । १८ वर्षीय जिसस रियलसँग ६ वर्षको सम्झौता गर्दै क्लबमा भित्रिएका हुन् ।

अघिल्लो वर्ष सिनियरस्तरको प्रतियोगितामा फ्लामेन्गोबाट डेब्यू गरेका उनी २६ मिलियन पाउण्डमा रियलमा भित्रिएका हुन् । सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्तासमेत रहेका थिए । फ्लोमेन्गोले फाइनलमा रियल मड्रिडलाई पराजित गरेको थियो । उनले कतारमा क्लब विश्वकपसमेत खेलेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।