माघ ७ – भारतको गुजरातमा बिहेभन्दा अघि बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिएको अनौठो समाचार सार्वजनिक भएको छ । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । यहाँ फेब्रुअरीमा बिहेको तयारी गरिएको थियो । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अहिलेसम्म उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका अब दुवै परिवारले गरेका छन् ।

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । घटना अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट हराइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले प्रहरीमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । प्रहरीको खोजतलासमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो ।
त्यहाँको प्रहरीका अनुसार, भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।