काठमाडौँ । अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अहिले दुई देशवीच तनाब सिर्जना भइरहेको छ । सुलेमानीको मृत्यु भएपछि इरान सरकारले सही ठाँउमा यसको बदला लिने बताउदै आएको थियो ।

यसैक्रममा अमेरिकी दुतावास नजिकै इरानले तीन वटा रकेट आक्रमण गरेको छ । उक्त रकेट आक्रमण इराकको राजधानी बगदादमा अमेरिकी दूतावास नजिकै गरिएको हो । उक्त रकेट आक्रमण बगदाद बाहिर जफरनिया जिल्लाबाट गरिएको बताइएको छ । अहिले दुबै देशबीच अझै तनावको स्थीती रहेको जनाइएको छ । अमेरीकाले पनि आफु त्यसै नबस्ने बताउदै आएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।