माघ ६ – सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको थियो ।

सोही अनुसार सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकको अध्यक्षता गर्दै ज्येष्ठ सदस्य महन्थ ठाकुरले यसको घोषणा गरेका हुन् । ठाकुरले बैठकमा उपसभामुख डा। शिवमाय तुम्वाहाङ्फेले दिएको राजीनामापत्र पढेर सुनाएका थिए।

ठाकुरले सभामुख पदको निर्वाचनको सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन् ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख विहीन छ । नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ । त्यसलगत्तै सभामुख निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

अर्को बैठक माघ १२ गते बस्ने गरी आजको बैठक स्थगित भएको छ । बैठकको अध्यक्षता गरेका ठाकुरले १२ गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।