हेटौँडा,६, माघ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा सबारी जाम अध्याधिक बढेपछि मुख्यमन्त्री डोरमणी पौडेल निर्माणाधिन वाईपास सडक अनुगमनको लागि गएका छन्  मुख्यमन्त्री पौडेलले आज रापती खोला किनारा भएर निर्माण कार्य जारी रहेको बाईपास सडकको अवलोकन गरेका हुन् ।
प्रदेश सरकारको लगानीमा निर्माण हुने चौकिटोलबाट कुखरेनीसम्मको सडकमा मुख्यमन्त्रीले अबलोकन गरेका हुन् ।
हेटौंडाको मुख्य वजार क्षेत्रको सडकको चापलाई कम गर्ने उदेश्यले निर्माण गर्न लागिएको सडकको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले अनुगमन गरेको हो ।

चौकिटोलको झोलुङ्गे पुल देखि रापतीखोला किनारै किनार कुख्रेनी खोला भएर चुरीयामाइ सम्म यस सडक निर्माण गर्न लागिएको हो ।
अनुगमनका क्रममा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेशसभाका सदस्य दिपक निरौला लगायतकाको सहभागिता रहेको थियो ।

यो सडक निर्माण भएपछी ठुला सवारीका साधन सञ्चालन गर्ने काम संगै राप्ती किनारलाई पर्यटकिय क्षेत्रको रुपमा पनि विकास गरिने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

सडक विभाग काठमाडौंले २ दशमलव ३ किलोमिटर लामो वैकल्पिक सडक निर्माण गर्न उपयुक्त ठाउँको बारेमा निरिक्षण गरेको थियो । विभागका महानिर्देशक केशव कुमार शर्माको नेतृत्वमा आएको प्रविधिक टोलीले वैकल्पिक राजमार्ग बनाउन चौकिटोलदेखि राप्तिपुलसम्म उपयुक्त ठाउँको निरिक्षण गरेको हो ।

पूर्वाधार विकास कार्यालय चितवनले निर्माण गरिरहेको सडक निर्माणको लागि ठाउँ उपयुक्त भएपनि प्राविधिक मुल्याङ्कन गलत भएको महानिर्देशक शर्माले बताए । ्
निरिक्षणकै क्रममा सडकको प्राविधिक नक्शा हेर्दै महानिर्देशक शर्माले प्राविधिक मुल्याङ्कन गलत भएको बताउनुभयो ।

राप्ती खोलाको तिरैतिर ग्याभिन तार जाली वाल लगाएर नदीको सतहबाट पाँच मिटर अग्लो ८ दशमलव ५ मिटर चौडाइको सडक निर्माण गरिने हालको प्राविधिक मुल्याङ्कन छ । तर, शर्माले यही प्राविधिक मुल्याङ्कनमा बन्ने वैकल्पिक सडक राजमार्ग स्तरीय नहुने बताएका छन् ।

महानिर्देशक शर्माले सडकको एकभागमा राप्ति खोला छेक्न लगाइने ग्याभिन वालले वैकल्पिक सडकको सुरक्षा नहुने बताएका छन् । वागमती प्रदेश सरकारले २२ करोडको लगानीमा निर्माण गर्न लागेको सडक वर्षातको समयमा भने असुरक्षित हुनसक्ने देखिएको विभागको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।