शांकेतिक तस्बिर

हेटौँडा,६ माघ ।
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका क्षेत्र बागमती प्रदेशको राजधानी भैसकेको अवस्थामा अब मकवानपुरमा एक विमानस्थलको खाँचो देखिएको छ ।
राजधानी भएपछि यहा विभिन्न निकायहरुको कार्यालय स्थापना देखि राजधानीका सबै अत्यावश्यक सेवाहरु सञ्चालन हुने छ । नेपालको राजधानी काठमाण्डौँबाट आधा दर्जन बढी सडकमार्गहरुसँग जोडीएको हेटौँडामा विमानस्थल नहुँदा अत्यावश्यक काम गर्न कठिनाई हुने अवस्थालाई मध्यनजर गर्दै यहा तत्कालै विमानस्थल निर्माणको काम थाल्नुपर्ने विज्ञहरुको भनाई रहेको छ ।

उनीहरुको भनाईलाई आधार मान्ने हो भने हेटौँडाको पदमपोखरी क्षेत्र विमानस्थलको लागि संभावना भएको क्षेत्र हो । हेटौँडाको तत्कालिन ११ वडाभित्र विमानस्थलको लागि आवश्यक जग्गा नरहनु, हटिया तथा हर्नामाडी र बसामाडी क्षेत्रमा जग्गा भएपनि नजिकै ठुला पाहाडहरु रहेको कारण पनि पदमपोखरी क्षेत्र राम्रो विकल्पको रुपमा रहेको उनीहरुको भनाई छ ।

मुख्यमन्त्री निकट श्रोतको भनाईलाई आधार मान्ने हो भने पनि पदमपोखरीमा विमानस्थल बनाउनको लागि केहि चरणको अनुगमन भैसकेको छ ।
हेटौँडा बजार क्षेत्रबाट करिब १५ देखि २० मिनेटभित्र पुग्न सकिने पदमपोखरी क्षेत्रमा विमानस्थल बनाए समग्र हेटौँडाकै विकासमा समेत त्यसले प्रभाव पार्ने देखिन्छ ।
त्यसो त मुख्यमन्त्री डोरमणी पौडेलले पनि अब हेटौँडाको लागि विमानस्थल अत्यावश्यक भैसकेको र प्रदेश सरकारले पनि यो योजनालाई महत्वको साथमा लिएको बताईसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।