हेटौँडा,६, माघ ।
पुर्वी हेटौँडाको हर्नामाडीमा आईतबार बिहान भेटिएको २५ वर्षकी मिना अधिकारीको शवमा निलडाम रा चोटपटक भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललनकुमार कुर्मीको अनुसार मृतकको शरिर तथा टाउकोमा धारीलो हतियार प्रहार भएको देखिन्छ । शब उनकै घर छेउमा भेटिएपछि प्रहरीले अधिकारीको माईतिपक्ष तथा केहि नजिगकको आफन्तको किटानी जाहेरीको आधारमा उनका श्रीमानलाई पक्राउ गरेको छ ।
श्रीमान यज्ञराज अधिकारीलेनै मीनाको हत्या गरेको भन्दै माईति पक्षले किटानी जाहेरी दिएको छ । प्रहरीले मृतकको श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछको काम गरिरहेको कुर्मीले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।