माघ ६ – प्रतिनिधिसभाको बैठक आज९सोमबार० बस्दैछ । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको हो ।

संसदको पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया सुरु गर्नेछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया सुरु हुने भएको हो ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने संभावना रहेको छ ।

यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो ।

दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको संसद सचिवालयले जनाएको छ । बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ ।

यौन दुराचारको आरोप लागेलगत्तै सभामुखबाट कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएपछि सभामुख रिक्त भएसँगै संसदले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारिस नभइ संसदमै अलपत्र छन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले आजको बैठक सुरु हुनुअघि नै राजीनामा दिए ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।