तस्विर/खबरब्रेक

हेटौंडा,६ पुस,राष्ट्रपति विद्यादेवी भण्डारी बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएकी छन् । आउँदो माघ १४ गते हेटौंडाको सहिद स्मारक र मकवानपुर गढीमा हुने दुईवटा कार्यक्रममा सहभागिता जनाउनको लागि राष्ट्रपति मकवानपुर आउन लागेकी हुन् ।

बागमती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले माघ १० देखि १६ गतेसम्म मनाउन लागेको सहिद सप्ताहमा राष्ट्रपतिले सहभागिता जनाउने छिन् । राष्ट्रपति भण्डारीले १४ गते हेटौंडाको सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रिक पार्क र सहिद स्मारकको रजत स्तम्भ अनावरण गर्नुका साथै ऐतिहासिक मकवानपुर गढीमा झन्डोत्तलन र सेतो हात्तीको मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ ।

सहिद स्मारक विकास समितिका अध्यक्ष् समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सहिद सप्ताह भव्य रुपमा मनाउने क्रममा राष्ट्रपतिलाई निम्ता गरिएको बताए । प्रदेश सरकार, जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकासँग समन्वय गरेर स्मारक विकास समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।