हेटौँडा,६, माघ ।
बागमती प्रदेशका लोकसेवा आयोगका दुई सदस्यले आज सपथग्रहण गरेका छन् ।  लोकसेवा आयोगकका सदस्यद्वय सुर्दशन ढकाल र सर्मिला न्यौपानेले आज सपथग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रदेश लोकसेवा आयोगका प्रमुख सुरेशमान श्रेष्ठले सपथ खुवाएका हुन् । कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश प्रमुख सचिव तोयमराय, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम वस्नेत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट,लगाएतको उपस्थिती रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।