प्रदेश ५ को प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित नेता पोखरेलको सोमबार आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिकाको खैरिहयामा निधन भएको हो।

८२ वर्षीय पोखरेल प्रदेश सभामा ज्येष्ठ सदस्य समेत थिए । ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता उनैले गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।