file photo

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीगत भागबन्डाको आधारमा नियुक्ति पाउने सत्य निरुपण र वेपत्ता आयोगले द्वन्द्वकालका पिडितहरुलाई न्याय दिन नसक्ने बताएका छन् ।

सामाजिक संजालमा प्रतिक्रिया दिदै थापाले आक्रोश पोख्दै भनेका छन् : पार्टीगत भागवण्डाको आधारमा नियुक्ति पाउने सत्य निरुपण र वेपत्ता आयोगले द्वन्द्वकालका पिडितहरुलाई न्याय दिनसक्दैन । तत्कालिन विद्रोही र शासक दुवै एकाकार भएर राज्यशक्ति कब्जा गरेर बसेका छन्, ब्रम्हलुट गरिरहेका छन् । प्रमुख प्रतिपक्ष स्वयं भागवण्डा पाएर चुप छ । पिडित जनता निरिह बनेका छन् ।ु

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम राजनीतिक भागबन्डामा सिफारिस गरिएको भन्दै विरोध भएको छ ।

सत्य निरुपणको अध्यक्षमा काँग्रेसबाट डा गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा नेकपाबाट युवराज सुवेदीको नाम सिफारिस भएसँगै विरोध शुरु भएको छ ।

त्यस्तै द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले पीडित समुदायका सरोकारलाई निषेध गरी गठित आयोगमा पदाधिकारी सिफारिसप्रति आपत्ति व्यक्त गरेका छन् । उनले ऐन संशोधनका लागि नियन्त्रित र देखावटी परामर्शको सिफारिस गराई पीडितको आँसु, पीडा र रगतमाथि फेरि पनि गैरजिम्मेवार खेलवाड गरिएको बताएका छन् ।

सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठनका लागि यही माघ ३ गते सिफारिस समितिले गरेको सिफारिसप्रति पीडितको आपत्ति रहेको उनले बताएका छन् ।
खरिबोटबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।