तस्बिर ः हेटौँडा २ मा रहेको पुवी मकवानपुर ( छतिवन -फापरबारी ) बसपार्क

हेटौंडा,६ पुस,
बिहानको ११ बजेको समयमा थियो । बकैया गाउँपालिका वडा नंबर ४ स्थित छतिवन चोकमा हेटौंडा आउँन बस कुरिरहेका थिईन् बकैया ७ की ६८ वर्षिया मनमाया गोले । करिब एक घण्टा देखि बसको पर्खाइमा बसेका गोलेको प्रतिक्षा सकिएको छ । बसको कन्डक्टर ओर्लीएर कराउँदै थिए ‘अलि भित्र सरम भित्र । ओ दाई अलि भित्र छिरनु भनेको सुन्नु भएन अझै मान्छे हाल्न बाँकि छ ।’ यस्तै यस्तै शब्दहरु यात्रा गर्दा कानमा सुन्नुपर्ने हुन्छ ।

सकिनसकि ६८ वर्षिया गोले जसोतसो बस भित्र त छिरिन् तर बस्ने सिटको को त कुरै छौडौ उभिनको लागि गोडा राख्ने ठाउँ समत पाउँन मुस्किलमा परिन् । यो त उदारण मात्र हो । दिनहुँ यस्तो समस्याबाट पिडित छन् जेष्ठ नागरिक,महिला,शारीरिक अपाङ्गता तथा अशक्त व्यक्तिहरु ।

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा बसमा यात्रा गर्ने जेष्ठ नागरिक,महिला,शारीरिक अपाङ्गता तथा अशक्त व्यक्तिलाई आरक्षण सिट छुट्याएको छ । तर मकवानपुरमा चल्ने अधिकाशं बसहरुमा आरक्षण सिट कार्यन्वयन नभएको मात्र नभई आरक्षण सिट नै नलेखिएको पाईएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका भएर पूर्वी मकवानपुरको बकैया तथा बागमती गाउँपालिका चल्ने छतिवन–फापरबारी बसपार्कका अधिकाशं बसहरुमा यात्रा गर्दा बसमा यात्रा गर्ने ज्जेष्ठ नागरिक,महिला,शारीरिक अपाङ्गता तथा अशक्त व्यक्तिलाई छुट्याईएको आरक्षण सिट कार्यन्वयन नभएको मात्र नभई आरक्षण सिट नै नलेखिएको पाईएको छ । ललितपुर घर भएका दिनेश शर्मा हेटौंडाबाट फापरबारी बसमा यात्रा गर्ने क्रममा एक शारीरिक अपाङ्गता तथा अशक्त व्यक्तिलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै आरक्षण सिट नलेखिएकोमा चिन्ता समेत व्यक्त गरे ।

मकवानपुरको अधिकाशं क्षेत्रमा चल्ने यात्रुवहाक सवारीसाधनमा आरक्षण सिट कार्यन्वयन नभएकोमा आमसर्वसाधरणले गुनासोे गर्दै आएका छन् । यात्रुवाहक सवारी साधनमा महिला,शारीरिक अपाङ्गता तथा अशक्त,वृद्धका लागि आरक्षण सिट छुट्याउनुपर्ने प्रावधान छ । नियामक निकायले अनुगमन नगर्दा तथा यातायात व्यवसायीको मनलाग्दीको कारण यात्रुहरु आफ्नो अधिकारबाट बञ्चित भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।