माघ ५ – यमनको सैन्य तालिम क्याम्पमा आक्रमण हुँदा ३८ सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । सुरक्षा श्रोतका अनुसार शनिबार यमनको सैन्य क्याम्पमा तीनवटा मिसाइल प्रहार गरिएको थियो ।

मृत्यु हुनेको संख्या अझै बढ्‍नसक्ने सुरक्षा स्रोतले जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर, साउदी अरेबियाको सरकारी टेलिभिजनले भने उक्त आक्रमण यमनी हुथी विद्रोहीले गरेको आरोप लगाएको छ ।

उक्त टेलिभिजनले स्रोतलाई उदृत गर्दै ब्यालेस्टिक मिसाइल, ड्रोन र मिसाइल आक्रमण गरेको र ६० सैनिकको मृत्यु भएको दाबी गरेको छ । तर, मिरब सिटी हस्पिटलका अनुसार ७० जनाको मृत्यु भएको छ ।

सन् २०१४ देखि यमनमा हुथी विद्रोही र सरकारी सैन्यबीचको युद्धका कारण हिंसा जारी छ । – अलजजिरा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।