file photo

माघ ५  – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले सभामुख पदका लागि नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई अनुमोदन गरेको छ ।

आइतबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सापकोटाको नाम सभामुखका लागि अनुमोदन गरेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

लामो समयको रस्साकस्सीपछि आइतबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको लामो संवादले सभामुखमा अग्नि सापकोटाको नाम टुंगो लगाएका थिए ।

प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै अध्यक्ष प्रचण्डले नेकपाका अर्का नेता माधवकुमार नेतालाई भेटेका थिए ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतबार नै प्रचण्डसँगको भेटपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाई छलफल गरिसकेका छन् । उपसभामुख तुम्बाहाम्फै बालुवाटारबाट निस्के लगत्तै प्रचण्ड पुनः बालुवाटर पुगेका थिए ।

सचिवालय बैठक अघि प्रचण्डले खुमलटारमा आफू निकट नेतासँग पनि छलफल गरेका थिए । हरिबोल गजुरेलले पनि आफूलाई सभामुख बनाउनुपर्ने प्रचण्डसँग माग गरे पनि प्रचण्डले सापकोटाकै पक्षमा अडान लिएको खुमलटार स्रोतले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।