हेटौँडा,४, माघ ।
निल हिरा समाज मकवानपुरकी कार्यक्रम संयोजक सुरज किरणले तेश्रोलिङ्गी अजिता भुजेलको हत्या भएको भन्दै हत्यारालाई कडा कारबाहीको माग गरेकि छिन् ।
खबरब्रेकसँग कुरा गर्दै कार्यक्रमसंयोजक किरणले शवको प्रकृति हेर्दा उनको बलात्कार पछि हत्या र लुटपाट भएको देखिएको कारण पनि दोषिलाई चाँडोभन्दा चाँडो पहिचान गर्दै हत्यारालाई कडा कारबाही गर्न माग गरेकि हुन् ।

तेश्रोलिङ्गी अधिकारको लागि लागिपरेकी भुजेलको हत्यारा पहिचान गर्न प्रहरी चाँडोभन्दा चाँडो सफल हुनुपर्नेमा समेत उनले जोड दिईन् । प्रदेशको राजधानीमा यसरी एकजना तेश्रोलिङ्गीको हत्या हुनु भनेको निकै दुखदायी विषय भएको भन्दै उनले समाजबाट अपहेलित समुदायको रुपमा रहेको आफुहरु असुरक्षित भएको समेत बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।