Image may contain: 1 person

हेटौँडा,४, माघ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले उक्त स्थानमा घटनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो ।
हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा हेरिएको छ । निलहिरा समाजमा समेत आबद्ध रहेर अभियानमा संलग्न रहेकी उनको हत्याको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई रहेको छ ।
उनको शबको प्रकृति हेर्दा घाटिमा तार या डोरीले कसेको जस्तो देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ । पोष्टपार्टमको रिर्पोटपछि थप तथ्य बाहिर आउने उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।