हेटौंडा, ४ माघ,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ स्थित क्याम्पाडाँडामा शनिबार बिहान भटिएको शवको पहिचान खुलेको छ । मृत्यु हुनेमा तेस्रोलिङ्गी हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुर की ३९ वर्षीया अजिता भुजेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

अर्धनग्न अवस्थामा सडक छेउमा तेस्रोलिङ्गी भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ । उनलाई हत्या गरेर फालिएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शीहरुले आसंका गरेका छन् । क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अन्सन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।