file photo

हेटौँडा,३ , माघ – पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै हेटौंडा लगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
पानी परेसँगै चिसो समेत बढेको छ । उता उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्याङ तथा दामन क्षेत्रमा हिमपातको संभावना समेत रहेको छ ।

बिहानसम्म दामन र सिमभञ्याङमा हिउ नपरेको तर लगातार वर्षा भइरहेकोले पर्न सक्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हेटौंडा र काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ । आज दिउसो पनि बर्षाको सम्भावना रहेको छ ।

आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।